प्रचण्डलाई देशको जमिन बाँड्दै हिँड्ने अधिकार छैन : अध्यक्ष ओली

‘छिमेकीलाई जस्तै हामीलाई पनि राष्ट्रियता प्यारो छ’


१६ भाद्र २०८०, शनिबार
kp sharma oli e1693654978709

बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ लाई देशको जमिन बेच्दै हिँड्ने अधिकार नभएको बताएका छन् ।

आज (शनिबार) बुटवलमा एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले बंगलादेश जाने बाटोको बारेमा बुझ्दै नबुझि प्रधानमन्त्रीले बंगलादेशसम्म जान दिने हो भने त्यो भू–भाग छाडिदिने भनेको बताए । ‘अहिले जानेले त के भन्छ बंगलादेशसम्म जाने हो भने त्यो भू–भाग छाडिदिन सकिन्छ । बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो,’ ओलीले भने ।

‘बंगलादेश जान बाटो नपाएको छ र हामीले ? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ ? पैतृक सम्पत्ति हो देशको जमिन । प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन,’ ओलीले भने, ‘नेपालको भू–भाग अखण्ड छ । हाम्रो देशको एक इञ्च जमिन पनि कसैले टुक्रयाउन पाइँदैन ।’
‘छिमेकीलाई जस्तै हामीलाई पनि राष्ट्रियता प्यारो छ’
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रिय स्वाभिमान झुक्न नदिने बताएका छन् । उनले छिमेकी राष्ट्रहरूलाई समेत आफ्नो देशको राष्ट्रियताजस्तै नेपालीलाई पनि देशको माया लाग्ने कुरा बुझ्न आग्रह गरे । लुम्बिनीमा शनिबार सुरु भएको नेकपा एमालेको प्रदेश उद्घाटन समारोहमा ओलीले भारत र चीनतर्फ संकेत गर्दै भने, ‘तिमीले आफ्नी आमालाई सम्मान गर्दा हामी पनि हाम्रो देशलाई सम्मान गर्छौ ।’

अध्यक्ष ओलीले नेपाल कहिल्यै पनि उपनिवेश नभएकाले राष्ट्रिय स्वाभिमान नेपालीका लागि गौरव विषय भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा देशको स्वाभिमान र जमिनका विषयमा कुरा गर्न नसकेको आरोप ओलीको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देश विकास गर्न थालेपछि केही शक्ति लागेर अदालतबाट ढालिदिएको स्मरण गरे । वामपन्थी खोल र मुखुन्डो लगाएर जनताको सरकार ढालेको आरोप उनको छ ।

अध्यक्ष ओलीले आफू सरकारमा रहँदा देश विकासको लहर ल्याए पनि अहिले देश ठप्प रहेको बता ए। उनले प्रचण्ड सरकारले तमासा मात्रै देखाइरहेको टिप्पणी गरे । भ्रष्टाचारविरुद्ध अभियान भनेर सरकारले भ्रम छरेको उनको भनाइ छ । ओलीले भने, ‘सरकारले भ्रष्टाचारविरुद्ध नभई स्वदेशी पुँजीलाई ध्वस्त पार्न खोजेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७