संघीय निजामती विधेयक भोलि पारित गरेर संसदमा पठाउँछौं : प्रधानमन्त्री

एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित


१८ भाद्र २०८०, सोमबार
samsad bhadau 18

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रि परिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोप सत्य नभएको बताएका छन् ।

आज (सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन’, उनले भने, ‘मन्त्रिपरिषद्मा विधेयक प्रस्तुत हुँदा म आफैले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो यसको परिमार्जन गरेर लग्नुपर्छ भनेको दुई, तीन दिनपछि आन्दोलनको रूप देखिएको हो ।’

उनले संघीय निजामती ऐन भोलि बस्ने क्याबिनेटले अघि बढाउने बताए । ‘पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो । संभवतः भोलिको मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर सदनमा जान्छ’ उनले भने ।
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाइ सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्‍यो ।
उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो ।

छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे । कानुन अभावमा संविधानत प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यास्न्वयनका लागि आवश्यक कानुनहरु बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरु संसदमा ल्याउने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले एक साता बस्ने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७