सेमिफाइनलबाटै बाहिरियो नेपाल : विश्वकप खेल्ने सपना अधुरै


२२ भाद्र २०८०, शुक्रबार
nepal MrOePpSu90

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना समाप्त भएको छ । आज (शुक्रबार) मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७