रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार


२२ भाद्र २०८०, शुक्रबार
pujari akhraman rautahat 5qDE4PSyLf

रौतहट । रौतहटमा एक पुजारी (साधु) माथि सांघातिक आक्रमण गरिएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोलस्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।

रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुलाई आक्रमणबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली पठाइएको बताए । पुजारीमाथि आक्रमण कसले र किन गर्यो भन्ने खुलिनसकेको उनले बताएका छन् ।

स्थानीयबासी उमेश साहले बिहीबार राति अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियारले हानेको बताए । त्यसपछि गाउँलेले प्रहरीको सहयोग मागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७