चुम्बन विवादमा परेका स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा


२५ भाद्र २०८०, सोमबार
4L3QK31 075 breton spainven230820 np4f8 jpg

मड्रिड । महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् ।

३३ वर्षीय हरमोसोले सो चुम्बन सहमतिमा नभएको बताउँदै मंगलबार रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । रुबियालेसले आफ्नो राजीनामा कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको जानकारी दिएका छन् । ‘म मेरो कामलाई जारी राख्न सक्दिनँ,’ पियर्स मोर्गनको टेलिभिजन कार्यक्रममा उनले भने । ४६ वर्षीय रुबियालेसले यूईएफएको कार्यकारी समितिको उपाध्यक्षको पदबाट पनि राजीनामा दिएका छन् ।

चुम्बन प्रकरणले स्पेनिस फुटबल घेरिँदा महिलाको टोलीले जितेको विश्वकपको उपाधि नै ओझेलमा परेको थियो । रुबियालेसमाथि सुरुदेखि नै राजीनामाको दबाब परे पनि उनले त्यसलाई अस्वीकार गर्दै आइरहेका थिए । उनलाई विश्व फुटबलको नियामक निकायले भने निलम्बन गरिसकेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७