संघीय संसदका दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित


२८ भाद्र २०८०, बिहीबार
samsad nembang nidhan

काठमाडौँ । संघीय संसदका दुवै सदनबाट संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको सम्मानमा दुवै सदनमा एक मिनेट उठेर मौन धारण समेत गरिएको थियो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको ७१ वर्षको उमेरमा २०८० साल भदौ २६ गते निधन भएकोमा गहिरो शोक प्रकट गरेको बताएका थिए ।

‘नेपालको वर्तमान संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँको देहावशानको यस दुःखद घडिमा प्रतिनिधि सभाको यो बैठक सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सभाामुख घिमिरेले बैठकमा शोक प्रस्ताव पारित गर्नुअघि भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७