काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज ‘थकाइ विदा’


४ आश्विन २०८०, बिहीबार
Mandandeupur nagar 1024x624 1

काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज (बिहीबार) ‘थकाइ’ विदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबारका लागि विदा दिएको हो । कर्मचारी र जनप्रतिनिधि थाकेको भन्दै नगरपालिकाले थकाइ विदा दिएको हो ।

संविधान दिवसका अवसरमा नगरपालिकाले नयाँ भवनबाट सेवा दिन लागिएको र त्यसको व्यवस्थापनमा तीन दिन खटिँदा कर्मचारी र जनप्रतिनिधि थाकेको सार्वजनिक गरिएको विदासम्बन्धी सूचनामा भनिएको छ । मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा तीन दिनदेखि कर्मचारी खटिएका थिए । हिजो संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।

नगरपालिकाका प्रवक्ता समेत रहेका ३ नम्बर वडाध्यक्ष पुरुषोत्तम बजगाईले कार्यालय सार्दा कर्मचारी र विद्यालयका शिक्षकहरु दिनभरी खटिएकोले आज (बिहीबार) थकाइ बिदा दिइएको बताए । ‘उहाँहरु दुई–तीनदेखि खटिरहनु भएको छ, नियमित काम गरिरहनु भन्न पनि सकिएन,’ उनले भने, ‘आज एक दिन थकाइ मार्न दिनुपर्छ भनेर बिदा दिइएको हो ।’

153321860379431884 840466220899043 7210813778719431620 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७