डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार, पाँच महिनापछि चार युवक पक्राउ

अझै एक युवक फरार


४ आश्विन २०८०, बिहीबार
Rape
सांकेतिक तस्वीर

डडेल्धुरा । डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका–३ का हुन् । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एक जना १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुमाथि फरक फरक समय र स्थानमा युवतीलाई बलात्कार गरेको आरोप छ । कमल र २ जना १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ भागेश्वर गाउँपालिकाकै डेकास्थित एउटा घरको गोठमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

पीडित युवतीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । घटनामा संलग्नता आरोप लागेका एक १८ वर्षीय किशोर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आरोपित ४ जनालाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७