नेकपा (एकीकृत समाजवादी) को बैठक स्थगित


४ आश्विन २०८०, बिहीबार
Samajbadi
फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७