एशियाली खेलकुद : टेबल टेनिसबाट पनि बाहिरियो नेपाल


७ आश्विन २०८०, आईतवार
table tennis cover dMVbOKRpmG

हाङ्जाउ । १९ औं एशियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो । महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन् । यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन् ।

यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन् । यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ । पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अकले पराजित भए । अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७