एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

लिम्बूको घुँडाको शल्यक्रिया सफल


८ आश्विन २०८०, सोमबार
NEPAL WOMENS NTL TEAM1
फाइल फोटो

हाङ्जाउ (चीन) । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसँग खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५:१५ बजे हुनेछ ।

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो ।

पानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । उक्त समूहमा पान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

लिम्बूको घुँडाको शल्यक्रिया सफल

यसैबीच भियतनामविरुद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ । उनको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो । भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५औं मिनेटमा घाइते भएकी थिइन् । उनको घुँडाको मांसपेसी च्यातिएको थियो । लिम्बूले १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७