माल्दिभ्सलाई हराउँदै नेपाल साफ यु–१९ फुटबलको सेमिफाइनलमा


८ आश्विन २०८०, सोमबार
saff

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले पाखा लगाउँदै नेपाल साफ यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो । पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो । दशरथ रंगशालामा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र निराजन धामीले एक एक गोल गरे । माल्दिभ्सको लागि अदाम लयान रासिदले गोल गरेका हुन् ।

हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ । पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७