झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित


९ आश्विन २०८०, मंगलवार
SG Myagdi IMG 2236 scaled
फाइल फोटो

झापा । झापाको मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीय हर्षित भएका छन् । पुल बनपछि बर्षाको समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानुपर्ने बाध्यताबाट मुक्त हुन पाएपछि उनीहरू हर्षित भएका हुन् ।

वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा वडा कार्यालय पुग्न वडा नंं १० को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताए ।

उनका अनुसार पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पथ्र्यो । एक सय ३० मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारको रु एक करोड ३० लाख लागतमा निर्माण गरिएको हो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गरे ।

वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७