राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता


१२ आश्विन २०८०, शुक्रबार
teacher 6

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकले आन्दोनलका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारले ल्याएको शिक्षा विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर आन्दोलन गरिरहेका थिए ।

शिक्षक महासंघसहतिका प्रतिनिधिसँग ५ असोजमा सरकारसँग सहमति भए पनि उक्त सहमतिमा असहमति जनाउँदै राहत शिक्षकले आन्दोलन जारी राखेको थियो । शिक्षा विधेयकमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला गर्ने थियो । ६ गते भएको सहमतिमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला गर्ने सहमति भएको थियो ।

sa 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७