कपिलवस्तुमा करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद


१४ आश्विन २०८०, आईतवार
raktachan

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज एक करोड ६३ लाख बराबरको साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । रक्तचन्दनसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका– ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका– ३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६५३ किलो एक सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका–१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन जस्तो देखिने रातो काठ परिणाम ६१६ किलो ९७० ग्राम र ट्रक सँगै आइरहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडिको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो ग्राम १५० ग्रामको रक्त चन्दन जस्तो देखिने रातो काठ फेला परेको हो । पक्राउ परेका मानिस र बरामद सवारी साधन उक्त काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७