राजनीतिप्रतिको वितृष्णा तोड्न ‘जागरण अभियान’ चलाएका हौं : माधव नेपाल


१९ आश्विन २०८०, शुक्रबार
Madhav nepal scaled
फाइल फोटो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिप्रति देखिएको वितृष्णा तोड्नका लागि ‘समाजवादी जागरण अभियान’ सञ्चालन गरिएको बताएका छन् ।

आज (शुक्रबार) बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनासँगको सम्बन्ध नङ र मासुको जस्तो घनिष्ठ बनाउने गरी लागेको बताए । ‘जनतासँग जोडिन आएका छौं । पार्टीलाई जनतामा स्थापित गर्न आएका छौं । हामी तपाईंहरूकै पार्टी हो। हामी न्यायको खोजीमा छौं । गरिब र विपन्न जनताको पक्षमा छौं,’ अध्यक्ष नेपालले भने, ‘त्यसकारण पार्टीलाई स्थापित गर्न जनतासँगको सम्बन्धलाई नङ र मासुको जस्तै घनिष्ट बनाउनका लागि, राजनीतिप्रति देखिएको वितृष्णालाई तोड्न हामी जिउँदै छौं । हामीसँग सोच, चिन्तन, आँट र हिम्मत सबै छ ।’

‘हाम्रो पार्टीको तर्फबाट पनि कस्तो सहयोग गर्नपर्छ, सरकालाई कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि हातमा हात मिलाउन तयार छौं,’ नेपालले भने, ‘जनताको पिरमर्का, अन्याय, अत्याचार, गरिबी र बेराजेगारका समस्यालाईलाई सम्बोधन गरेर मात्रै जनतालाई सुखी बनाउन सकिन्छ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ ।’

साथै, उनले राज्यले भ्रष्टाचार र ढिलासुस्तीलाई अन्त्य गर्नुपर्ने भनाइ राखे। उनले नेपाल प्राकृतिक सम्पदाहरूमा देश धनी रहेको भन्दै देशमा उत्पादित प्राकृतिक स्रोतहरू निर्यात हुनुपर्ने बताए । ‘राज्यले सहयोग र पुँजीको व्यवस्था गर्‍यो भने नेपाल कृषिमा आत्मनिर्भर हुनेमात्रै होइन, नेपालीहरूको पिउने पानी मात्रै होइन, यो हामी देशमा मात्र होइन विदेशमा पनि बेचेर सम्पन्न हुनसक्छौं । यहाँ धेरै महत्वपूर्ण प्राकृतिक सम्पदाहरू छन्,’ अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७