बर्नलीविरुद्ध चेल्सीको सहज जित


२१ आश्विन २०८०, आईतवार
Chelsea Z8Ort0YJ2R

काठमाडौं । इङलिस प्रिमियर लिगमा चेल्सीले रेलिगेसन क्षेत्रमा संघर्षरत बर्नलीविद्ध ४–१ को सहज जित निकालेको छ ।
शनिबार टर्फ मुरमा भ्रमणकारी टोलीलाई जित दिलाउन कोल पाल्मेर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले समान एक गोल गरे । चेल्सीले अर्को एक गोल मनि अल डाकिलबाट आत्मघाती उपहार पाएको थियो । बर्नलीका विल्सन ओडेबर्टले एक गोल गरेका थिए ।

घरेलु मैदानमा ओडेबर्टको गोलबाट बर्नलीले अग्रता बनाएको थियो । तर, ४२औँ मिनेटमा चेल्सीले डाकिलबाट आत्मघाती गोल उपहार पाएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । ५०औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रतामा राखेका थिए । ६५औँ मिनेटमा स्टर्लिङले गोल गर्दै पाहुना टिमको अग्रतालाई ३–१ मा पुर्‍याएका थिए । त्यसको नौ मिनेटपछि ज्याक्सनको गोलबाट चेल्सीले अग्रतालाई ४–१ को सहज अवस्थामा राखेको थियो ।

यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा चेल्सीले तीन अंक निश्चित गर्‍यो । जारी प्रिमियर लिगमा चेल्सीको यो तेस्रो जित हो । जितसँगै तालिकाको ११औँ स्थानमा उक्लिएको चेल्सीले आठ खेलबाट ११ अंक जोडेको छ । समान खेलबाट चार अंकको बर्न्ली १८औँ स्थानमा छ । बर्नलीको यो छैटौँ हार हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७