दाङमा प्रेम विवाह गरेका नव दम्पती बन्द कोठामा मृत भेटिए


२१ आश्विन २०८०, आईतवार
gfsdjg
फाइल फोटो

दाङ । दाङको तुलसीपुरमा एक नव विवाहीत दम्पती बन्द कोठाभित्र मृत भेटिएका छन् । दाङको तुलसीपुरमा डेरा गरी बस्ने सल्यानको त्रिवेणी गाउँपालिका–४ फलाबाङ २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्रै मृत फेला परेका हुन् ।

भण्डारीले पत्नीको हत्यापछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।
‘बन्द कोठाभित्र भण्डारीको शव झुण्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको हो,’ एसपी केसीले भने, ‘युवतीको शरीरमा चोटपटक देखिन्छ । पत्नीको हत्यापछि उनले आत्महत्या गरेको जस्तो देखिन्छ ।’

भण्डारीले पत्नीको हत्यापछि लेखेको सुसाइड नोट पनि प्रहरीले फेला परेको छ । त्यसमा उनले श्रीमतीले सधैँ किचकिच गरेको उल्लेख गरेका छन् । तर सुसाइड नोटमा भण्डारीको लेखाइ स्पष्ट नभएकाले त्यसबाट सबै विषय खुल्न नसकेको केसीले बताए । विवाहपछि रोजगारी खोज्दै उनीहरु करिब दुई महिनाअघि मात्रै दाङ झरेका आफन्तले बताएका छन् । उनीहरुले तुलसीपुरमा डेरामा बसेर ज्याला मजदुरी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७