कुन मन्त्रीसँग कति सुन छ ? सम्पति विवरणले यसो भन्छ


९ जेष्ठ २०७५, बुधबार
Cabinet Mantriparisad Simha 1

काठमाडौं, ९ जेठ । सरकारले तीन महिनापछि आफ्ना मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेको छ । सरकार गठन भएको ९८ औं दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । २२ सदस्यीय मन्त्रिपरिषदमा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।Cabinet Mantriparisad Simha 1

फागुन ३ मा गठन भएको वर्तमान मन्त्रिपरिषद् गठन भएको थियो । यद्यपि, अन्तिम पटक चैत २ गते विस्तार भएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । पेस मात्रै गरे पुग्ने, सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता नभएका कारण मन्त्रीहरुको सम्पत्ति विवरण आम जानकारीमा आउन सकेको थिएन ।

मन्त्रीहरुले पेस गरेको सम्पति विवरणमा कसैले आफू ऋणमा रहेको देखाएका छन् भने केहि मन्त्री निकै धनी पनि देखिएका छन् । उनीहरुले बैंकमा रहेको नगददेखि विभिन्न लगानीको क्षेत्रमा समेत रकम लगानी गरेको देखिएको छ । यस्तै घर जग्गा र गरगहना समेत सम्पति विवरणमा देखाइएको छ ।
नेपाली समाजमा सुन धेरै हुनेलाई धेरै सम्पतिवाल मानिन्छ । उसो भए हाम्रो मन्त्रीहरुले पेस गरेको सम्पति विवरणमा के कति सुन छ ? अनि कुन मन्त्रीको कति सुन छ ? जानौं :

प्रधानमन्त्री केपी शर्मा ओली–
सुनका गरगहना १७–१८ तोला र प्राप्त मितिः विभिन्न समयका खरिद र स्वआर्जन

रक्षा मन्त्री ईश्वर पोखरेल–
सुन ८–९ तोला र प्राप्त मितिः २०२० सालदेखि र परिवारबाट उपहार पारिश्रमिक

गृहमन्त्री रामबहादुर थापा–
सुन ६ तोलाजति र श्रीमतिको माइती घर र विदेशबाट भाइ बैनीबाट उपहार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली–
सुन अनुमानित २ तोला र प्राप्त मितिः २०६० र प्राप्तिको स्रोतः पारिवारिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन–
सुन १५ तोला र प्राप्त मिति र स्रोतः पुर्खौली

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल
उल्लेख छैन

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादव
सुनको सिक्री १.५ तोलाको चारवटा (६ तोला), सुनको गरगहना (१० तोला) र प्राप्त मितिः ०७४ र स्रोतः विवाह र मुख देखाइमा, माइत र आफन्तबाट प्राप्त

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ–
सुन ५१ तोला र पैत्रिक र दाइजो

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट–
सुनको सिक्री २ वटा, बाला २ वटा, टप ३ सेट, औंठी ३ वटा र अन्दाजी ७ तोला र पैतृक र खरिद

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत
सुन ५ तोला र पारिश्रमिक र पैतृक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डित
सुन १० तोला (विमला पण्डितको नाममा) र पैतृक

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापा
सुन १ तोला र आमाबाट प्राप्त

अर्थमन्त्री युवराज खतिवडा
सुनका गहना १० तोला र पारिवारिक आम्दानी (कृषि)

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा
गरगहना (सुन) करिब ५० तोला र प्राप्त मितिः २०५७ देखियता र पैत्रिक, श्रीमतिलाई प्राप्त पेवा, उपहार समेत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी
सुन ६० तोला र पैतृक (संगोल)

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ
सुन ३० तोला

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल
औंठी २, चेन चेन १, बाला २ र जम्मा ६ तोला र प्राप्त मितिः ०५१-११-१०

खानेपानी मन्त्री बिना मगर
सुन ५ तोला र पैतृक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७