त्रिकोणात्मक टी–२० सिरिज : रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा, लोकेश र सूर्यको इन्ट्री


२९ आश्विन २०८०, सोमबार
nepali cricket
फाइल फोटो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।

उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन् । उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए । प्रतियोगिता आगामी कत्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिलयको क्रिकेट मैदानमा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी तीन टोलीको सहभागिता हुनेछ । नेपालले कात्तिक १ गते युएईसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७