विश्वकप छनोट : लाओसविरुद्ध आक्रामक खेलेर पराजित गर्ने रणनीतिमा नेपाल


३० आश्विन २०८०, मंगलवार
Nepali football team in Laos 3

काठमाडौँ । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज (मंगलबार) लाओससँग खेल्दैछ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुने जनाइएको छ ।

काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह ’एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् । नेपाल अहिलेसम्म लाओससँग पराजित भएको छैन । यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन ।

‘यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ तर हामी भिडन्तका लागि तयार छौं । हामी आक्रामक अट्याकिङ फुटबल खेल्नेछौं,’ एनेसले सोमबार प्रिम्याच कन्फ्रेन्समा भनेका छन्, ‘लाओसले काउन्टर अट्याकिङ गर्ने फुटबल खेल्छ, म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’ दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, शुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७