विल्सनले ल्याए ६ देशमा छायांकन गरिएको ‘त्यो पल’ (भिडियो)


१ कार्तिक २०८०, बुधबार
wilson 1697592255

काठमाडौं । कलाकार विल्सन विक्रम राईको नयाँ गीत सार्वजनिक भएको छ । विल्सनको शब्द रहेको गीतमा भिषण मुकारुङको स्वर छ । ‘त्यो पल’ बोलको गीतमा संगीत तोरेम्पाहाङ राईले गरेका छन् ।

मन मिल्ने साथीसँगको बिछोडलाई गीतले देखाएको छ । मिलनको क्षण नजिकिँदै गर्दा आफैलाई लिन आउँदा साथीले ज्यान गुमाएको वियोगान्त कथा गीतमा समेटिएको छ ।

गीतको भिडियोमा विल्सनसँगै गौरव पहारी, उदय सुब्बा, विशाल लिम्बू, इन्द्र खरेल, वीरबहादुर राईलगायत छन् । विल्सन विक्रमले निर्देशन गरेको भिडियो छायांकन नेपालसँगै अमेरिका, कोरिया, दुवई, कुवेत र स्कटल्याण्डमा खिचिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७