रोनाल्डोको उत्कृष्ट फ्रि–किकले अल नासर विजयी


५ कार्तिक २०८०, आईतवार
ronaldo

रियाद । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट फ्रि–किकको मद्दतमा अल नासरले गोलमा पछि परेको स्थिति उल्टाउँदै साउदी प्रो लिगमा अन नासरले उत्कृष्ट पुनरागमन गरेको छ । शनिबारको खेलमा अल नासरले दामाक एफसीलाई २–१ गोलअन्तरले पराजित गर्‍यो ।

पहिलो हाफको अन्त्यतिर केभिन एनकोडूले गोल गर्दै दामाकलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५२ औँ मिनेटमा टालिस्काले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरी गरे । लगत्तै अन नासरले अर्को फ्रि–किक पायो । यस पटक रोनाल्डोले फ्रि–किकमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।

जीतसँगै अल नासर लिगको तेस्रो स्थानमा उक्लिएको छ । १० खेलपछि अल नासरको २२ अङ्क रहेको छ । हालसम्म अपराजित अल हिलाल २६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । २३ अङ्कसहित अल तावून लिगको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७