एनआरएनएको विजेता समूह दसैं मनाउन हिंडेका बेला कार्यालयमा पराजित समूहको फोटो सेसन

पराजित समूहलाई प्रधानमन्त्रीको बधाई, विजयीलाई भेट्न अस्वीकार


६ कार्तिक २०८०, सोमबार
Nrna rk

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पदभार समूहले आज बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटो सेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो ।

बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेड अफिस छ । अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुन्छ । पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टीम मुल गेटबाट सरासर भित्र छिर्‍यो । तर, भित्रका सबै कोठामा ताला लागेका थिए ।
पराजित समूहलाई प्रधानमन्त्रीको बधाई, विजयीलाई भेट्न अस्वीकार
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पराजित भएको समूहप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लचक देखिएका छन् । पराजित समूहले गठन गरेको अवैध कार्यसमितिलाई भेटेर प्रधानमन्त्रीले बधाई दिएका छन् ।

nrna prachanda

एनआरएनए ११ औं महाधिवेशनमा भएको चुनावमा एमाले निकट डा. बद्री केसी विजयी भएका थिए । माओवादी निकट आरके शर्मा प्रमुख प्रतिस्पर्धी हुँदा कांग्रेस निकट डा. महेश श्रेष्ठ तेस्रो भए । पराजयपछि शर्मा र श्रेष्ठले गठजोड गरेका छन् । उनीहरुले चुनावको मत परिणाम नमान्ने घोषणा गर्दै समानान्तर कार्यसमिति बनाएका छन् ।

सरकारले अहिलेसम्म चुनाव जितेर बनेको कार्यसमितिलाई मान्यता दिएको छैन । केसीको टीमले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्न प्रयास गर्दा उनीहरु अनिच्छुक देखिएका छन् । परराष्ट्रमन्त्रीले भने केही दिनमा भेट्ने सन्देश पठाएको स्रोतको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७