मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया


८ कार्तिक २०८०, बुधबार
rechurds 1200x560 1

अस्ट्रेलिया । अस्ट्रेलियाले आफ्ना नागरिकहरूका लागि मध्यपूर्वमा सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको छ । रक्षामन्त्री रिचर्ड मार्ल्सले ‘ठूलो संख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य संख्याबारे जानकारी दिएनन् । दुई वटा सी–१३०जे हरकुलस विमान तैनाथ गरिएको उनले बताए ।

उपप्रधानमन्त्री समेत रहेका मार्ल्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएनन् । विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ । ‘मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्‍याउनु यसको उद्देश्य हो’, उनले भने ।

इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो । युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन् । अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ । रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए । उनका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७