मलेसियाविरुद्ध कुशल मल्लले पुरा गरे अर्धशतक, नेपाल सेमिफाइनल नजिक


१४ कार्तिक २०८०, मंगलवार
kushal malla

काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन् ।

मल्लले २५ बलमा ६ छक्कासहित अर्धशतक पुरा गरे। उनी अहिले ५३ रनमा खेलिरहेका छन् । नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय ३४ रन जोडेको छ । नेपालले यो खेल जितेमा सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७