शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली


१४ कार्तिक २०८०, मंगलवार
HRB KTM 20231031143721 IMG 4870 scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।

ND KTM

आज (मंगलबार) काठमाडौं आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए । उनले नेपालीहरू लामो समयसम्म हातमुख जोड्न नै लागिपरेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए ।

विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो । अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७