कलेज पढ्दै गरेकी छात्रामाथि सामुहिक बलात्कार, करातेका दुई गुरु दोषी ठहर


१७ कार्तिक २०८०, शुक्रबार
karate guru

मोरङ । विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक (गुरु) सामुहिक बलात्कारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो ।

सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ । जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो ।

सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक थिए । विराटनगरकै एक होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूमाथि सामुहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो । बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ । पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामुहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७