गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी किशोरी हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला


१७ कार्तिक २०८०, शुक्रबार
crime hatya

गुल्मी । गुल्मीमा खेतलाका लागि सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि खोलामा नग्न अवस्थामा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव भेटिएको हो ।

बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइ दिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोज तलासीको लागि खबर गरेका थिए । किशोरीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ ।

घटनाबारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । मृतक किशोरीको परिवार बिगत केही समयदेखि शान्तिपुर बजारको श्रीलंका टोलमा बसोबास गर्दै आएको स्थानीयले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७