धनकुटामा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, झापामा पनि आठ वर्षीया बालिका बलात्कृत


१७ कार्तिक २०८०, शुक्रबार
Rape 2

धनकुटा । झापामा एक ८ वर्षीया र धनकुटामा १३ वर्षीया बालिका बलात्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दुवै बलात्कार घटनामा अभियुक्तलाई पक्राउ गरिएको छ ।

धनकुटामा १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल छन् । उनीहरु दुई जना मिलेर सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै झापामा आठ वर्षीया बालिका बलात्कारको आरोपमा मेचीनगर नगरपालिका–१५ भिण्डीबस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आठ८ वर्षीया बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७