गाजाको मानवीय संकट सम्बोधन गर्न चेतावनी दिँदै ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन


१९ कार्तिक २०८०, आईतवार
white house EGCCw8JPNC scaled

वासिंगटन डिसी । गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्धविरामको लागि आव्हान गर्दै शनिबार वासिंगटन डीसी र युरोपका प्रमुख सहरहरूमा हजारौं प्रदर्शनकारीले जुलुस निकालेका छन् ।

प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्धविराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रुपमा आव्हान गरेका थिए । नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झण्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो ।

वक्ताहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई गाजाको संकटको प्रतिक्रियाको लागि आलोचना गरेका छन । उनीहरुले युद्धविरामको लागि बाइडेनले आव्हान गरेनन् भने २०२४ मा राष्ट्रपतिलाई समर्थन नगर्ने बताएका छन् । वासिङ्टनमा प्यालेस्टिनी समर्थक जुलुसको केही सातापछि यो र्‍याली निकालिएको हो । भीडले ह्वाइट हाउस र त्यसपछि फ्रिडम प्लाजामा मार्च गर्ने अपेक्षा गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७