नेपालले टस जितेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन


१९ कार्तिक २०८०, आईतवार
Nepal Vs oman 1699160220

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै ओमानलाई फिल्डिङको निम्तो दिए । यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ’ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

सेमिफाइनलमा नेपालले समूह ’बी’ को विजेता यूएईलाई हराएको थियो । यता, ओमानले भने बहराइनको चुनौती पन्छाएको थियो । फाइनलको यात्रा तय गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका छन् ।

यसअघि समूह चरणको खेलमा नेपालले सोमबार सिंगापुरविरुद्ध आठ विकेट र मंगलबार मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो । कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

नेपाल समूह ‘ए’मा थियो । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत थिए । नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

नेपालको टिम
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७