घाँस काट्न जङ्गल गएकी महिला मृत फेला, हत्याको आशंका


२० कार्तिक २०८०, सोमबार
kanchanpur dead women cover kkQfn2rkX3

कञ्चनपुर । कञ्चनपुरमा आज (सोमबार) बिहान ६० वर्षीया वृद्धा मृत भेटिएकी छन् । शुक्लाफाँटा नगरपालिका–७, शान्तिपुरकी ६० वर्षीया नारुदेवी जोशी जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरभन्दा करिब ६ सय मिटरको दूरीमा रहेको मध्यवर्ती सामुदायिक वनभित्र शव भेटिएको छ । ‘घटना शंकास्पद छ, अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । ती महिला आइतबार दिउँसो घाँसपात ल्याउन भनी जंगलतर्फ गएकी थिइन् । बेलुकीसम्म घर नफर्किएपछि खोजीकार्य गर्दा सोमबार बिहान जंगलमा शव भेटिएको हो । ती महिलाको औँलामा चोट लागेको छ भने कानमा गहना छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७