पर्यटन सम्बद्ध विभिन्न संस्थाले दिए भूकम्पपीडितका लागि चार करोड


२२ कार्तिक २०८०, बुधबार
Rahat

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाले चार करोड बढी रकम भूकम्पपीडितलाई सहयोग गरेका छन् ।

आज (बुधबार) बिहान पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी चार करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष लगायत छन ् । त्यसैगरी गोरखा ब्रअरी प्रालिले पनि राहत कोषमा एक१ करोड सहयोग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७