सरकारले अघि बढायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया


२३ कार्तिक २०८०, बिहीबार
nijgadh

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो ।’

२०७९ मा सर्वोच्च अदालतले निजगढ विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा प्रश्न उठाउँदै विमानस्थल निर्माणका सबै प्रक्रिया खारेज गरिदिएको थियो । सर्वोच्चले सरकारको निर्णय खारेजसँगै विमानस्थल आवश्यक छ–छैन भन्ने विषयमा विवाद थियो । त्यसपछि सरकारले अध्ययन समिति बनाएको थियो । अध्ययन समितिले विमानस्थल आवश्यक रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७