आईसीसी क्रिकेट विश्वकप : नेदरल्याण्डसलाई भारतले १६० रनले हरायो


२७ कार्तिक २०८०, सोमबार
india 2023 11 13 10 11 32

काठमाडौँ । भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आईसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो । यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो ।

योसँगै भारत लिग चरणमा अपराजित हुदै सेमिफाइनल खेल्ने भएको छ । भारतको ९ खेलमा १८ अंक भएको छ । त्यस्तै नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंक तालिकामा पुछारमा रहदै विश्वकप समाप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७