सोमालियामा भारी वर्षा : बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु


२ मंसिर २०८०, शनिबार
somalia flooding 1700234151

मोगादिसु । सोमालियामा अक्टोबरको सुरुदेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्– देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए)ले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेको र अझै बढी हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूको अनुमान अनुसार चालु डेयर (अक्टोबरदेखि डिसेम्बर) वर्षाको मौसममा बाढीबाट १६ लाख मानिस प्रभावित हुन सक्ने र १५ लाख हेक्टर खेतीयोग्य जमिन नष्ट हुन सक्नेछ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले व्यवस्थापन गरेको सोमालियाको जल तथा भूमि सूचना व्यवस्थापनले सोमबार जारी गरेको जानकारी अनुसार बर्धेरे र डाउनस्ट्रीममा साकोव र बुवालेमा म्याग्निच्युड बढ्दै जाँदा जुबा नदीमा ठूलो बाढी आएको बताइएको छ । रासस /सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७