उत्तर इराकमा टर्किएको सुरक्षा कारबाही : १३ विद्रोही लडाकु मारिए


२ मंसिर २०८०, शनिबार
1 turkia iraq Kkj1I56M25

काठमाडौं । टर्किए सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का १३ लडाकु मारिएका छन् ।

टर्किएको रक्षा मन्त्रालयका अनुसार पीकेके सदस्य ‘अपरेशन क्लाउ–लक’ जोन र हकुर्क क्षेत्रमा मारिएका हुन् । टर्किए सेनाले बारम्बार उत्तरी इराकमा विशेष गरी समूहको मुख्य आधार कँडिल पर्वतमा पीकेके लक्ष्यविरुद्ध स्थलगत कारबाही, हवाइ आक्रमण र तोपखाना बमबारी गर्ने गरेको छ ।

टर्किएले अप्रिल २०२२ मा सीमा नजिकैको उत्तरी इराकी क्षेत्रमा पीकेके सदस्यहरू विरुद्ध लड्न अपरेशन क्लाउ–लक शुरु गरेको थियो । टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७