एमाले जनसंगठनको विशेष वैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्दै


२ मंसिर २०८०, शनिबार
amale 1 1
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले जनसंगठनको विशेष बैठक आज (शनिबार) बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, २३ वटै जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ । आजको बैठकमा पार्टीले मंसिर १४ गतेदेखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसंगठनहरूको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७