अस्ट्रेलियामा गोली चल्दा प्रहरी अधिकारीको मृत्यु


२ मंसिर २०८०, शनिबार
goli

काठमाडौं । दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अस्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् ।

एसए प्रहरी आयुक्त ग्रान्ट स्टिभेन्सले ब्रेभेट सार्जेन्ट जेसन डोइग, ५३ को मृत्यु भएको पुष्टि गरे । डोइगले एसएको भिक्टोरियाको सीमाना नजिक एडिलेडको २४० किलोमिटर दक्षिण पूर्वमा, ११ बजेर २० मिनेटमा माइकल हचिन्सन र रिबेका काससँग एक व्यक्तिले बोर्डटाउन नजिकै गोली हानेको बताए ।

२६ वर्षीय हतियारधारी व्यक्तिले डोइगलाई गोली हानी हत्या गरेको बताइएको छ । स्टिभेन्सले पत्रकार सम्मेलनमा भने, ‘सहकर्मी र प्यारामेडिकहरूले डोइगलाई बचाउने प्रयास गरे तर उनको घटनास्थलमै मृत्यु भयो ।’ हचिन्सन, ६९ लाई पनि गोली लागेको छ । २६ वर्षीय संदिग्धलाई प्रहरीले गोली हानेको थियो र ज्यान जोखिममा परेका घाइतेको उपचारका लागि एडिलेड लगिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७