रुकुममा भूकम्पको धक्का


३ मंसिर २०८०, आईतवार
earthquake

काठमाडौं । रुकुममा आज (आइतबार) दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो । यसअघि, गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ । सो भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७