लुकाकुको चार गोलमा अजरबैजानविरुद्ध बेल्जियमको शानदार जित


४ मंसिर २०८०, सोमबार
lukalu A8U9k8SEpU

काठमाडौं । रोमेलु लुकाकुले चार गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा अजरबैजानलाई ५–० को फराकिलो अन्तरले हराएको छ । समूह एफको शीर्ष स्थानमा रहन बेल्जियमले शानदार जित दर्ता गरेको हो ।

खेलको १७ औं मिनेटमा नै लुकाकूले गोलको खाता खोलेका थिए । तर २४ औं मिनेटमा अजरबैजानका एड्डी पास्कलले रातो कार्डको सजाय पाएपछि बेल्जियमले खेलमा एकतर्फी दबाब बनाएको थियो । लुकाककूले खेलको २६ औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे ।

उनले १४ मिनेटमा नै ह्याट्रिक गरेका थिए । उनले टिमको लागि चौथो गोल पनि ३७ औं मिनेटमा नै गरे । दोस्रो हाफमा उत्कृष्ट डिफेन्सिङ सेटअप बनाएको अजरबैजानविरुद्ध लियान्द्रो ट्रोसार्डले अन्तिम मिनेटमा गोल गरे । समूह एफकै अर्को खेलमा भने अस्ट्रियाले स्विडेनलाई २–० गोलले हराएको छ । तर यो जितका बाबजुद पनि स्विडेन युरोकपमा सिधा छनोट हुन सकेन ।
यसअघि नै आठ खेल सम्पन्न गरेको अस्ट्रिया भने समूह उपविजेता हुँदै युरोकपमा छनोट भइसकेको छ । समूह एको शीर्ष स्थानमा बेल्जियम छ भने स्विडेन तेस्रो स्थानमा छ । स्विडेनलाई अब प्लेअफबाट युरोकपमा स्थान बनाउने बाटो खुला हुनेछ ।

गए राति नै भएको अर्को खेलमा स्पेनले जर्जियालाई ३–१ गोल अन्तरले हरायो । समूह एकाो स्पेन २० अंकसहति युरोकपमा छनोट भएको छ । गए राति नै भएको खेलमा पोर्चुगले आइसल्याण्डलाई २–० ले हरायो। ३० अक भएको पोर्चुगल १० खेलमा अपराति रहँदै समूह जेबाट युरोकपमा छनोट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७