त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ


४ मंसिर २०८०, सोमबार
kokin

काठमाडौँ । कतारबाट काठमाडौँ आएकी एक भारतीय महिला दुई किलो कोकिनसहित आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

केही समयअघि कतारबाट नेपाल आएर यहाँबाट भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो । भारतकी ३२ वर्षीया किम्रो साङ्गी झोला बेल्टमा छाडेर भुटान जाने तयारीमा थिइन् ।

उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् । लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार काठमाडौँ ट्रान्जिट बनाएर भुटान उड्न लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट एक किलो ९७३ ग्राम लागुऔषध कोकिन बरामद भएको छ । उनलाई अहिले लागुऔषध नियन्त्रण ब्युरोले लगेर थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७