एकीकृत समाजवादीका पूर्व सांसद गोपाल बम एमालेमै फर्किए


४ मंसिर २०८०, सोमबार
ama

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद गोपाल बम एमालेमै फर्किएका छन् । सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् ।

२०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए । एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी पनि एक थिए । बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७