एमाले केन्द्रीय कमिटी बैठक बुधबार


५ मंसिर २०८०, मंगलवार
amale

काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

पार्टीले यही मंसिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७