हरिनारायण रौनियार एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत


५ मंसिर २०८०, मंगलवार
harinarayan mk

पर्सा । जसपाका केन्द्रीय सदस्य तथा पूर्व संसद हरिनारायण प्रसाद रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । पर्साको पोखरिया नगरपालिकामा मंगलबार एमालेले पार्टी प्रवेश कार्यक्रममा राखेको थियो । कार्यक्रममै अध्यक्ष ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन् ।

f7e633a9 fd4e 49ba 945d 3005b8c55bd9

०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल हालको जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए । तर त्यसको केही समयपछि नै उनको कम्पनी पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण उनी निलम्बित भएका थिए । मुद्दा लामो समय चलेपछि रौनियारले अधिकांश कार्यकाल निलम्बित रूपमै बिताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७