भूकम्पले क्षति पुगेको भवन ‘रेट्रो फिटिङ’ गरेर सारियो प्रधानमन्त्री कार्यालय (तस्वीरहरू)

नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नु पर्छ : प्रधानमन्त्री


६ मंसिर २०८०, बुधबार
pm office new 4 scaled

काठमाडौँ । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ ।

pm office new 1

प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गरे । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु ।’

pm office new 2

१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निर्माण भएको छ । भूकम्पबाट क्षति भएको यस भवनको ‘रेट्रोफिटिङ’ को काम पनि पूरा भएको छ । ‘हामी पछाडिबाट अगाडि आएका हौँ । मलाई अहिले भइरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नाका साथै त्यति ताजकी महसुस नभए जस्तो लाग्थ्यो’, प्रधानमन्त्रीले भने, ‘यो ठाउँमा आउँदा चाहिँ अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महसुस गरेको छु ।’

pm office new 3

प्रधानमन्त्रीले यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनर्निर्माणमा सहयोग गर्ने टोलीलाई प्रधानमन्त्रीले धन्यवाद दिए । ‘नयाँ शुभारम्भ भएको छ । नयाँ शुभारम्भले नयाँ गति पकडिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भने ।

pm office new 4 1

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनर्निर्माण गरी गरिएको हो । सहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम पूरा भएको बताइन् । उनले ४२ करोड हाराहारीमा प्रबलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७