जेनेरेटर सर्ट भएर पाकिस्तानको सपिङ मलमा आगलागी : कम्तीमा ११ जनाको मृत्यु


१० मंसिर २०८०, आईतवार
pakistan firee 1700923533

कराँची । पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित ६ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेको अधिकारीहरुले बताएका छन् ।

‘हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन्,’ उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने । उनका अनुसार ३५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र गम्भीर जसमध्ये कम्तीमा ४० जनाको उद्धार गरिएको छ । प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको संख्या र घाइतेको संख्या पुष्टि गरेका छन् ।

जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनले बताएका छन् । कमजोर सुरक्षा कानुन र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ । सन् २०१२ मा, पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तीमा दुई सय ५० जना मजदूरको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७