अमेरिका पठाई दिने भन्दै १५ लाख लिएपछि सम्पर्कविहीन बनेका दुई जना पक्राउ


१२ मंसिर २०८०, मंगलवार
crime 2

काठमाडौं । अमेरिकामा वैदेशिक रोजगारीमा लगाइ दिने प्रलोभनमा १५ लाख रुपैंयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँका विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले चन्द्रबहादुर रावललाई अमेरिकाको प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख रुपैंयाँ तलब हुने र यसका लागि प्रतिव्यक्ति ४० लाख रुपियाँ लाग्ने भनी प्रलोभनमा पारेका थिए ।

पटक–पटक गरी १५ लाख रुपैंयाँ लिएर सम्पर्कविहीन रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७