सर्बिया पठाई दिन्छु भन्दै १७ लाख ठगेको आरोपमा बास्कोटा पक्राउ


१६ मंसिर २०८०, शनिबार
Dipesh Baskota

काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्बिया पठाइ दिन्छु भन्दै १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको आरोपमा बारा जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।

बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट बिहीबार पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७